प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीमा भव्य स्वागत, गार्ड अफ अनर प्रदान

प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीमा भव्य स्वागत, गार्ड अफ अनर प्रदान

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुग्नुभएका प्रधानमन्त्री शाहलाई आज बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले स्वागत गर्नुभएको हो।

सो अवसरमा भारतीय सेनाले प्रधानमन्त्री शाहको सम्मानमा गार्ड अफ अनर प्रदान गरेको थियो। प्रधानमन्त्री शाहले भारतीय सुरक्षाकर्मीद्वारा प्रस्तुत गार्ड अफ अनरको निरीक्षणसमेत गर्नुभएको थियो।

प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, आर्थिक सहकार्य तथा विभिन्न साझा मुद्दामा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।

यस राजकीय भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Tokha