७ घण्टा लामो चक्काजामपछि पूर्व-पश्चिम राजमार्ग सञ्चालनमा

७ घण्टा लामो चक्काजामपछि पूर्व-पश्चिम राजमार्ग सञ्चालनमा

रौतहट । रौतहटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले गरेको चक्काजाम करिब ७ घण्टा पछि खुलेको छ ।

चन्द्रपुर नगरपालिका-१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको सवारी साधनको ठक्करबाट मृत्यु  भएपछि आक्रोशित स्थानीयले विहीबारवार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व-पश्चिम राजमार्गको बागमती सडक खण्डमा चक्काजाम गरेका हुन् ।

ठक्कर दिने सवारी साधनको पहिचान गरी कारवाही गर्नुपर्ने लगायतका माग राखी स्थानीयले चक्काजाम गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार राजमार्ग क्षेत्रमा जडान गरिएको सिसिटिभी क्यामरा मार्फत ठक्कर दिने सवारी साधनको पहिचान गरी कार्वाही गरिने प्रतिवद्वतापछी चक्काजाम खुलेको हो । ठक्कर दिने सवारी साधन र चालक फरार भएकाले खोजी कार्य तीब्र परिएको उनको भनाइ छ ।

चक्काजामका कारण पूर्व-पश्चिम राजमार्ग भएर गुडने गाडी सडकमा नै रोकिएका थिए । सवारी साधनबाट गन्तव्य तर्फ हिडेका यात्रुहरू भने बिचल्ली परेका थिए । अहिले पूर्व-पश्चिम राजमार्ग बाटो पुर्ण रुपमा खुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Tokha