दलित महिला संघको अध्यक्षमा रेणु सिजापति निर्वाचित

दलित महिला संघको अध्यक्षमा रेणु सिजापति निर्वाचित

काठमाडौं । दलित समुदायका महिलाहरूको राष्ट्रिय सञ्जाल दलित महिला संघ (फेडो)को अध्यक्षमा रेणु सिजापति निर्वाचित भएकी छन्।

बुटवलमा सम्पन्न संघको छैटौँ महाधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि सिजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। महिला अधिकारका क्षेत्रमा लामो समयदेखि सक्रिय सिजापति यसअघि संघको महासचिव थिइन्।

महाधिवेशनबाट उपाध्यक्षमा सरस्वती मण्डल, महासचिवमा हेमा सुनार, सचिवमा सिवानी ल्वागुन र कोषाध्यक्षमा जानुका घताने निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरूमा सीता मिजार, सुमित्रा गायक, निर्मला विक, रेजिना हिमाङ्ग र रोजिना घताने सर्वसम्मत चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई सोमबार निवर्तमान अध्यक्ष कला स्वर्णकारले पदभार हस्तान्तरण गरेकी छन्। संघका शाखा कार्यसमिति सातै प्रदेश तथा विभिन्न जिल्लामा समेत रहेका छन्।

महाधिवेशनका अवसरमा संघले संस्थापक अध्यक्ष दुर्गा सोब र निवर्तमान अध्यक्ष कला स्वर्णकारलाई संस्थाप्रतिको योगदानको कदर गर्दै सम्मानसमेत गरेको छ।

Tokha