नाडा अटो सो लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर, आधार दरमा ०.४९ प्रतिशत मात्रै प्रिमियम

नाडा अटो सो लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर, आधार दरमा ०.४९ प्रतिशत मात्रै प्रिमियम

काठमाडौं / नेपाल बैंक लिमिटेडले नाडा अटो सो लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले जुनसुकै ब्रान्डका सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहुलियतपूर्ण ब्याजदर तथा अतिरिक्त सुविधासहितको कर्जा योजना ल्याएको जनाएको छ।

योजनाअन्तर्गत नेपाल बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्रै प्रिमियम थप हुने ब्याजदरमा कर्जा सुविधा पाउनेछन्। बैंकले यो योजनालाई अटो सोका अवसरमा ग्राहकका लागि सवारीसाधन खरिद सहज बनाउने उद्देश्यले ल्याइएको जनाएको छ।

कर्जा योजनामा प्रशासनिक तथा सेवा शुल्कमा समेत सहुलियत दिइएको बैंकले जनाएको छ। ग्राहकले सामान्य शुल्कको सट्टा ०.५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, अटो कर्जा लिने ग्राहकले कुनै अतिरिक्त शुल्क नलाग्ने गरी तीन लाख रुपैयाँसम्मको लाइफटाइम क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार नाडा अटो सोका अवसरमा सार्वजनिक गरिएको यस योजनाले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई तुलनात्मक रूपमा कम ब्याजदर र अतिरिक्त बैंकिङ सुविधामार्फत सहज वित्तीय पहुँच उपलब्ध गराउनेछ।

नेपाल बैंकले अटो सोका क्रममा ग्राहकको आवश्यकता र सवारीसाधन खरिदको मागलाई ध्यानमा राख्दै कर्जा प्रक्रियालाई थप आकर्षक बनाइएको जनाएको छ।

Tokha