२४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ९३९ चालक कारबाहीमा

२४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ९३९ चालक कारबाहीमा

 

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ९३९ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा गरिएको सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो।

 

मंगलबार बिहानसम्म गरिएको जाँचमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४१ जना, सिसिटिभी निगरानीमार्फत पहिचान भएका ४३ जना र रातो बत्ती उल्लङ्घन गर्ने ५३ जना चालक कारबाहीमा परेका छन्।

 

त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने ८७ जना, हर्न निषेध क्षेत्रमा हर्न बजाउने १८ जना, लेन अनुशासन उल्लङ्घन गर्ने ३४ जना, सवारीको अवस्था ठीक नभएका २८ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने २८ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

 

यस्तै, अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ६०७ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

 

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण, यात्रुको सुरक्षा तथा ट्राफिक अनुशासन कायम गर्न नियमित रूपमा सवारी जाँच तथा निगरानी अभियान सञ्चालन गर्दै आएको छ। प्रहरीले चालकहरूलाई ट्राफिक नियम पालना गरी सुरक्षित यात्रा गर्न आग्रहसमेत गरेको छ।

Tokha