दुई समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता

 

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दुई समस्याग्रस्त सहकारी संस्थाका ३४१ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

 

समितिका अनुसार कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका ३३४ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन्।

 

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ।

 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न सहकारी संस्थाका ६५ जना ऋणीबाट रकम असुली गरिएको छ।

 

समितिले पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको जनाएको छ। आगामी दिनमा बचतकर्ताको बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ।

 

समस्याग्रस्त सहकारी संस्थाको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर जारी रहेको समितिले जनाएको छ।

Tokha