जनकपुर । धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिरभित्र करिब ४० वर्षीय एक पुरुषको शव फेला परेको छ। धनुषा प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ। प्रारम्भिक अनुसन्धानका क्रममा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागमा चोट पुर्याएर हत्या गरिएको आशंका गरिएको छ।
घटनास्थल रहेको मन्दिर परिसरभरि रगतका छिटा भेटिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार मृतक सोही मन्दिरमा सहायक पुजारीका रूपमा बस्दै आएका थिए।
प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ। यसैबीच, सुनसरीमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै धनुषा प्रशासनले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ।



































