२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२७९ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२७९ जनालाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २७९ जना चालकलाई कारबाही गरेको जनाएको छ।

शुक्रबार बिहानसम्म सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६९, सिसिटिभीमार्फत पहिचान गरिएका ७६, रातोबत्ती उल्लंघन गर्ने ५९, तीव्र गतिमा सवारी चलाउने १४५, हर्न निषेध उल्लंघन गर्ने ३६, लेन मिच्ने ६४, अवस्था ठीक नभएको सवारी चलाउने २६, एकतर्फी सडकमा सवारी चलाउने ३४ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ७७० जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

Tokha