देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

 

काठमाडौं — सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका दुई जनाका परिवार र गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ।

 

घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारसँग भएको सम्झौताअनुसार सरकारले पीडित परिवारका मागहरूलाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

 

सहमतिअनुसार नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

 

यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम तत्काल कानुनी कारबाही अघि बढाउने सहमति पनि भएको छ।

 

छानबिनका लागि गठन गरिएको समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गर्ने तथा मृतकद्वयको स्मृतिमा स्थानीय सरकारसँग समन्वय गरी देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।

 

सरकार र पीडित परिवारबीच भएको यो सहमतिपछि घटनापछि उत्पन्न विवाद समाधानतर्फ महत्वपूर्ण पहल भएको मानिएको छ।

Tokha