काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। बुधबार यही सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ मा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आउने उतारचढाव तथा अमेरिकी डलरको विनिमय दरलगायतका कारण नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको अवस्था र स्थानीय बजारको मागका आधारमा दैनिक रूपमा सुन तथा चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।



































