बुढानीलकण्ठ र बन्दीपुर गाउँपालिकाबीच सफल अभ्यास आदानप्रदान

बुढानीलकण्ठ र बन्दीपुर गाउँपालिकाबीच सफल अभ्यास आदानप्रदान

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका को गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सञ्चालित ६ दिने होमस्टे सञ्चालन तथा प्रवर्द्धन तालिमका क्रममा बन्दीपुर गाउँपालिका मा सफल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित बन्दीपुर सामुदायिक होमस्टे मा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा बीच पर्यटन तथा उद्यम विकासका क्षेत्रमा अनुभव आदानप्रदान भएको हो।

कार्यक्रममा होमस्टे सञ्चालन तथा व्यवस्थापन, पर्यटन प्रवर्द्धन, लघु उद्यम विकास, स्थानीय स्रोत–साधनको उपयोगमार्फत रोजगारी सिर्जना तथा समुदायमा आधारित पर्यटनका असल अभ्यासबारे छलफल गरिएको थियो।

त्यस अवसरमा दुवै स्थानीय तहबीच पर्यटन र उद्यम विकासका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने तथा सफल अभ्यासलाई एकअर्काबाट सिक्दै स्थानीय आर्थिक विकासलाई प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

Tokha