दिउँसै लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको प्रतीकात्मक प्रदर्शन (तस्बिरहरु)

दिउँसै लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको प्रतीकात्मक प्रदर्शन (तस्बिरहरु)

अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले के भने ?

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै त्यसको कडा विरोध गर्दै नेपाल बार एशोसिएसनले लालटिन बालेर प्रदर्शन गरेको छ। न्यायपालिकाभित्र हराउँदै गएको न्याय, विवेक र स्वच्छ कानुनी प्रक्रियाको खोजी गर्दै कानुन व्यवसायीहरूले अदालत परिसरमै लालटिन बालेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरूले न्यायको खोजी, स्वच्छ प्रक्रियाको खोजी लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सबैका लागि खुला हुनुपर्ने अदालतभित्रै मुद्दा दर्ता नगर्ने, अल्झाएर राख्ने कामको सदैव बारले विरोध गर्ने बताए ।
विगत केही समयदेखि संवैधानिक महत्वका विभिन्न रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दर्ता नगरी फर्काइएको र त्यसविरुद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध सिर्जना गरिएको बारको आरोप छ ।इतिहासमै नभएको घटना यतिबेला भएको उनको भनाइ छ । “कर्मचारीबाट समानान्तर प्रशासन चलाउने इतिहासमै नभएको घटना भएको छ । न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजीका लागि बारले जस्तोसुकै कदम उठाउन पनि तयार छ,” बार अध्यक्ष मिश्रले भने, “संसद्ले पनि संविधानको धारा १०५ को पालना गरोस् ।”

यसैगरी, अदालतमा विचाराधीन रहेका विषयमा संसद्मा छलफल भएको प्रति पनि बारले आपत्ति जनाएको छ ।

Tokha