लाखौं विद्यार्थीको प्रतीक्षा अन्त्य हुँदै, एसईई नतिजा आज साँझसम्म

लाखौं विद्यार्थीको प्रतीक्षा अन्त्य हुँदै, एसईई नतिजा आज साँझसम्म

काठमाडौं वैशाख २८। राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ । बोर्ड स्रोतका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी आवश्यक प्राविधिक काम भइरहेको छ ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल ले पनि नतिजा सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।

उनले भने, “हामी अहिले यही विषयमा छलफल गरिरहेका छौं ।”

यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा नतिजा छिट्टै सार्वजनिक गर्न सहज भएको बोर्डको भनाइ छ ।

यसपटक एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएका थिए ।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र तथा अन्य समूहका ७ जना रहेको बोर्डले जनाएको छ ।

Tokha