काठमाडौं वैशाख २८/। रामचन्द्र पौडेल ले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
सिंहदरबारस्थित संसद् भवनको बहुउद्देश्यीय कक्षमा भएको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्री वालेन्द्र शाह ले राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गरेका थिए ।
यससँगै सङ्घीय संसद्को बजेट अधिवेशन औपचारिक रूपमा प्रारम्भ भएको छ । राष्ट्रपतिको सम्बोधन जारी रहेको जनाइएको छ ।






























