नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं  वैशाख २८/। नागरिक लगानी कोषलक्ष्मी सनराइज बैंक लिमिटेड बीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्मा ले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन कोषले गर्नेछ ।

अब बैंकका कर्मचारीहरूको व्यक्तिगत अभिलेख तथा खाता तयार गरी परिचयपत्र उपलब्ध गराइनेछ । साथै, बैंकबाट मासिक वा वार्षिक रूपमा कट्टा गरिएको रकम र विवरण सम्बन्धित कर्मचारी वा बैंकको खातामा अद्यावधिक गर्ने व्यवस्था पनि कोषले मिलाउनेछ ।

यसैगरी, बैंकको सिफारिसमा सेवा निवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गरिनेछ । कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका तथा कार्यविधिअनुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्ने जनाइएको छ ।

कोषले सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ भने बैंकले आफ्ना कर्मचारीहरूको विवरण उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्ने जिम्मेवारी वहन गर्ने सम्झौतामा उल्लेख छ ।

Tokha