बुढानीलकण्ठमा स्थानीय विवाद समाधानका लागि न्यायिक प्रक्रिया तीव्र

बुढानीलकण्ठमा स्थानीय विवाद समाधानका लागि न्यायिक प्रक्रिया तीव्र

बुढानीलकण्ठ न्यायिक समितिद्वारा विभिन्न मुद्दामा मिलापत्र र आदेश जारी

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिले चैत्र १२ गतेदेखि वैशाख १४ गतेसम्म विभिन्न मितिमा बसेको इजलासमार्फत बहाल, जग्गा, आर्थिक लेनदेन, घरेलु हिंसा लगायतका मुद्दामा सुनुवाइ गर्दै विभिन्न आदेश तथा निर्णय गरेको छ।

समितिका अनुसार यस अवधिमा घर बहाल, जग्गा विवाद, भाडा असुली, बाटो अवरोध, मापदण्डविपरीत निर्माण, ध्वनि प्रदूषण र घरेलु हिंसासम्बन्धी मुद्दाहरू प्रमुख रूपमा आएका थिए। अधिकांश मुद्दामा मिलापत्रमार्फत समाधान खोज्ने प्रयास गरिएको छ भने केहीमा प्राविधिक मूल्याङ्कन, स्थलगत निरीक्षण र थप प्रमाण पेश गर्न निर्देशन दिइएको छ।

घर बहाल तथा जग्गा विवादका मुद्दामा प्राविधिक प्रतिवेदन माग, टहराको मूल्याङ्कन तथा खाली गराउने प्रक्रिया अघि बढाइएको छ। आर्थिक लेनदेनका मुद्दामा मिलापत्रका लागि समय दिइएको छ भने केहीमा पेसी तोकिएको छ।

त्यसैगरी, मापदण्डविपरीत निर्माण र ध्वनि प्रदूषणसम्बन्धी मुद्दामा अन्तिम पटक मिलापत्रको अवसर प्रदान गरिएको छ। घरेलु हिंसासम्बन्धी मुद्दामा स्थलगत निरीक्षण, थप प्रमाण पेश तथा अर्को पेसी तोक्ने निर्णय गरिएको छ।

जग्गा सीमाना, खिचोला तथा बाटो अवरोधसम्बन्धी विवादमा नापीमार्फत नक्साङ्कन, दुवै पक्षबीच छलफल र मिलापत्रका लागि समय दिइएको छ।

न्यायिक समितिले स्थानीय तहमा देखिने विभिन्न विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने नीति अवलम्बन गर्दै आएको जनाएको छ। यसले समुदायस्तरमै छिटो, सहज र प्रभावकारी न्याय प्रवाहमा सहयोग पुगेको विश्वास लिइएको छ।

बुढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिद्वारा विभिन्न मितिहरु (२०८२ चैत्र १२ गतेदेखि २०८३ बैशाख १४ गतेसम्म) मा बसेको इजलासमा छलफल भएका मुद्दाका विषय एवम् आदेश तथा निर्णयहरुः
मिति २०८२ बैशाख १४ गते, सोमबार
मुद्दा नं १ घर बहाल भराई घर खाली गराइ पाउँ: घरको मुल्याङ्कन गर्न प्राविधिकलाई जानकारी दिइ प्रतिवेदन पेश गर्न निर्देशन सहित पत्र लेख्ने ।
मुद्दा नं २ आर्थिक लेनदेनः आगामी पेसी मिति (बैशाख १७, २०८३) गते मिलापत्रका लागि उपस्थित हुने ।
मुद्दा नं ३ घर भाडा भराइ पाउँ: टहराको मुल्याङ्कन गर्दे आदेश दिइएको ।
मुद्दा नं ४ बहाल भराइ टहरा खाली गरिदिने बारेः वडा मेलमिलापकर्ताबाट छलफल गराउने ।
मुद्दा नं ५ घरेलु हिंसाः अर्को पेसी मिति ( बैशाख २१, २०८३) गते लालपुर्जा सहित उपस्थित हुने ।
मिति २०८२ बैशाख १० गते, बिहिबार
मुद्दा नं १ आर्थिक लेनदेनः मिलापत्रका लागि समय दिने।
मुद्दा नं २ मापदण्ड विपरित थप संरचना निर्माण कार्य रोक्काः अन्तिम पटक मिलापत्रका लागि समय दिने ।
मुद्दा नं ३ ध्वनी प्रदुषणः अन्तिम पटक मिलापत्रका लागि समय दिने ।
मुद्दा नं ४ मापदण्ड विपरित थप संरचना निर्माण कार्य रोक्काः अन्तिम पटक मिलापत्रका लागि समय दिने ।
मुद्दा नं ५ कोठा भाडा बापतको रकम दिलाइ पाउँ: पचास हजारको चेक घर बहाल वापत दिएको ।
मुद्दा नं ६ सँधियारले बाटोमा गरेको अवरोध हटाई पाउँ: मिलापत्र तयार गर्न समय दिने ।
मुद्दा नं ७ घरेलु हिंसाः मिलापत्रका लागि थप समय दिइएको ।
मिति २०८२ बैशाख ०७ गते, सोमबार
मुद्दा नं १ बैना बमोजिम जग्गा दिलाइ पाउँ: सक्कल कागज पेश गर्ने आदेश ।
मुद्दा नं २ नाबालिकको अंश हक सुरक्षित गराई पाउँ: निवेदन परेमा पुनर्विचार गर्ने गरि घरबाटो सिफारिस रोक्का गर्ने ।
मुद्दा नं ३ जग्गा खिचोलाः नापीबाट नाप नक्सा गर्ने आदेश ।
मुद्दा नं ४ ज्याला मजदुरी नदिएकोः दोस्रो पक्षको पेसी स्थगित गर्ने निवेदन बमोजिम स्थगित गरिएको ।
मुद्दा नं ५ बाटो अवरोध हटाई पाउँ: दोस्रो पक्षको अनुरोधमा मिलापत्र गर्न समय माग ।
मुद्दा नं ६ घरेलु हिंसाः फिल्ड निरिक्षण ।
मुद्दा नं ७ भुक्तानी सम्बन्धमाः छलफललका लागि अर्को मिति तोक्ने ।
मिति २०८२ बैशाख ०३ गते, बिहिबार
मुद्दा नं १ बहाल भराई जग्गा खाली गराई पाउँ: मिलापत्र भएको ।
मुद्दा नं २ बहाल भराई टहरा खाली गराई पाउँ: पेसी स्थगित गर्नका लागि निवेदन माग बमोजिम स्थगित गरिएको ।
मुद्दा नं ३ अर्काको जग्गामा घर बनाएकोः साध सोध पेसी ।
मिति २०८२ चैत्र ३० गते, सोमबार
मुद्दा नं १ बैना बमोजिम जग्गा दिलाइ पाउँ: प्रमाण पेश गर्ने आदेश ।
मुद्दा नं २ जग्गा खिचोलाः दुवै पक्ष राखि छलफल गर्ने ।
मुद्दा नं ३ बहाल भराई जग्गा खाली गराई पाउँ: मिलापत्र हुने, मिलापत्र तयार गर्न समय दिने ।
मुद्दा नं ४ संधियारले बाटोमा गरेको अवरोध हटाई पाउँ: मिलापत्र हुने, मिलापत्र तयार गर्न समय दिने ।
मिति २०८२ चैत्र २६ गते, बिहिबार
मुद्दा नं १ मापदण्ड विपरित थप संरचना निर्माण कार्य रोक्काः मिलापत्रका लागि थप समय दिइएको ।
मुद्दा नं २ ध्वनि प्रदुषणः मिलापत्रका लागि थप समय दिइएको ।
मुद्दा नं ३ मापदण्ड विपरित थप संरचना निर्माण कार्य रोक्काः मिलापत्रका लागि थप समय दिइएको ।
मुद्दा नं ४ घर भाडा भराई घर खाली गराई पाउँ: फिल्ड निरिक्षण गरिएको ।
मिति २०८२ चैत्र १६ गते, सोमबार
मुद्दा नं १ ज्येष्ठ नागरिक हेरचाह नगरेकोः मुलतवि ।
मुद्दा नं २ बहाल भराई जग्गा खाली गराई पाउँ: पहिलो पक्षद्वारा पेसी स्थगनको माग बमोजिम स्थगित गरिएको ।
मुद्दा नं ३ जग्गा खिचोलाः फिल्ड निरिक्षण गरिएको ।
मुद्दा नं ४ ज्याला मजदुरी नदिएकोः दुवै पक्षले आ-आफ्नो हर हिसाब लिई आउने।
मिति २०८२ चैत्र १२ गते, बिहिबार
मुद्दा नं १ जग्गाको साँध सिमाना छुट्याई पाउँ: मिलापत्र गर्ने ।
मुद्दा नं २ आर्थिक लेनदेनः मिलापत्र प्रमाणिकरण ।
मुद्दा नं ३ घर भाडा भराइ घर खालि गराई पाउँ: विवादीत घरमा थप संरचना बारे निरिक्षण गर्ने ।
मुद्दा नं ४ सहमति बिना सञ्चालित व्यवसाय बन्द गराई पाउँ: स्थलगत निरिक्षण र वातावरण प्रदूषण बारे प्रतिवेदन माग गर्ने ।
मुद्दा नं ५ ज्याला मजदुरी नदिएकोः रोक्का निवेदन।
Tokha