दोस्रो बुढानीलकण्ठ नगर खेलकुद शिल्ड–२०८३ भव्य रूपमा सम्पन्न

दोस्रो बुढानीलकण्ठ नगर खेलकुद शिल्ड–२०८३ भव्य रूपमा सम्पन्न

काठमाडौं । दोस्रो बुढानीलकण्ठ नगर खेलकुद शिल्ड २०८३ सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम अन्तर्गत कराते, तेक्वान्दो, फुटबल, बास्केटबल र ब्याडमिन्टन विधाहरू रहेको थियो।

विजेता वडा न। ३ लाई नगर प्रमुख मिठाराम अधिकारी, उप प्रमुख अनिता लामा, बुढानीलकण्ठ नगर खेलकुद बोर्डका प्रतिनिधि तथा वडा न। ८ का अध्यक्ष सुमन तामाङ्ग, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला साथै बुढानीलकण्ठ नगरपालिका शुसासन समितिका संयोजक शम्भु भट्टराई लगायतको उपस्थितिमा सम्मान गरिएको थियो। कार्यक्रमले स्थानीय खेल प्रतिभाको उजागर गर्दै खेलकुदमार्फत एकता, अनुशासन र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

Tokha