काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का नीति तथा कार्यक्रमलाई थप समावेशी, दिगो र जनमुखी बनाउने उद्देश्यसहित विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको छ । छलफलमा विकासको स्पष्ट रोडम्याप तय गर्ने, सुशासनप्रतिको प्रतिबद्धता सुदृढ गर्ने तथा जनताको अपेक्षालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा सुझाव, अनुभव र दृष्टिकोण आदान–प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले सहकार्य, समन्वय र सहभागितामार्फत समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरेका थिए। छलफलले आगामी दिनमा नगर विकासलाई थप व्यवस्थित, दिगो र परिणाममुखी बनाउने विश्वास लिइएको छ । “सहकार्य, समन्वय र सहभागितामै समृद्धिको आधार” भन्ने मूल नारासहित सम्पन्न उक्त संवादलाई समृद्ध नगर निर्माणतर्फ महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
































