काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका संरचनाहरु भत्काउन सुरु गरिएको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरिरहेको छ ।
बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।
डोजर चलाइँदा हालसम्म कुनै प्रदर्शन नदेखिएको हो । शुक्रबार भने थापाथली क्षेत्रमा सुकुमबासीको नाममा प्रदर्शन भएका थिए । सुकुमबासीहरु आ–आफ्नो सामान प्याक गरेर सुरक्षित स्थानतर्फ बाहिरिएका छन् ।
सामान हटाइएका क्षेत्रमा अहिले डोजर चलाउन सुरु भएको हो । सरकारले वास्तविक सुकुमबासीलाई तत्कालका लागि ५ स्थानमा व्यवस्थापन गर्ने जनाएको छ ।
































