एक लाख ८६ हजार अस्थायी मतदाता कायम

एक लाख ८६ हजार अस्थायी मतदाता कायम

काठमाडौँ, १३ फागुन:

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन्। ती मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन्।

निर्वाचन आयोगका अनुसार मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्ने व्यक्तिलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था गरिएको छ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी तथा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नाम स्थायी मतदाता नामावलीमा समावेश भए पनि उनीहरूलाई अस्थायी मतदाता सूचीमार्फत मतदान गर्ने सुविधा प्रदान गरिएको हो।

अस्थायी मतदाताका लागि १४३ मतदानस्थल निर्धारण गरिएको आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।

 

 

 

Tokha