फेक रेस्क्यू’ प्रकरणमा थप दुई पक्राउ

फेक रेस्क्यू’ प्रकरणमा थप दुई पक्राउ

काठमाडौँ, १३ फागुनः पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो।

काठमाडौँ महानगरपालिका–३१ का सिंह आज पक्राउ परेका हुन् भने ज्वालामुखी गाउँपालिका–२, धादिङका तिवारी मङ्गलबार पक्राउ परेका हुन्।

यसअघि ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमा कम्पनीका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई उक्त कसूरमा पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

अनुसन्धानअनुसार अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्या परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रूपमा आर्थिक लाभ लिएको खुलेको छ।

Tokha