निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्याइयो

निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्याइयो

 

काठमाडौँ, १३ फागुनः निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइसकेको जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार काठमाडौँ र भक्तपुर बाहेक सबै जिल्लामा ‘पहिलो हुने निर्वाचित हुने’ (FPTP) र ‘समानुपातिक निर्वाचन प्रणाली’ (PR) तर्फका मतपत्रसहित आवश्यक सामग्री पठाइसकिएको छ।

काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा भने बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने जानकारी दिइएको छ।

देशभर निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।

Tokha