संयोजक दाहालद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

संयोजक दाहालद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ, ११ फागुन : पुष्पकमल दाहाल ले धादिङमा आज बिहान भएको बस दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी का संयोजकसमेत रहनुभएका दाहालले पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदी मा खसेर भएको दुःखद् घटनाले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत उहाँले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र उद्धार र प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग आग्रह गर्नुभएको छ। धादिङमा आज बिहान भएको उक्त दुर्घटनामा ठूलो जनधनको क्षति भएको छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Tokha