काठमाडौँमा बजार अनुगमन: दुई फर्मलाई जरिवाना

काठमाडौँमा बजार अनुगमन: दुई फर्मलाई जरिवाना

काठमाडौँ, ११ फागुन : नियमित बजार अनुगमनलाई तीव्र बनाउँदै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले आइतबार काठमाडौँका दुई फर्मलाई जरिवाना गरेको छ। स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि काठमाडौँ बाँसबारीस्थित बाँसबारी राइस मिललाई रु दुई लाख जरिवाना तिराइएको विभागले जनाएको छ। त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बाबाचोकमा रहेको जयस अन्न घरलाई रु १० हजार जरिवाना गरिएको छ। विभागका अनुसार, दुवै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको हो। यसैबीच, विभागले मेगा मार्ट प्रालिसहित अन्य तीन फर्मलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। थप सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले स्पष्ट पारेको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गरिँदै आएको विभागको भनाइ छ।

Tokha