निर्वाचनका लागि स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

निर्वाचनका लागि स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

ललितपुर, ८ फागुन : अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचनका लागि आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज यहाँ पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा उहाँले निर्वाचनलाई सफल बनाउन सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री खनालले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको र राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो। उहाँले पर्यटनलाई उद्योगसरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो। सरकारले देशको अर्थतन्त्रको उन्नयनका लागि हरसम्भव प्रयत्न गरिरहेको र त्यसका लागि विविध नीतिगत कामहरू अघि बढाइएको जानकारी अर्थमन्त्रीले दिनुभएको छ।

Tokha