निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरीका १,६०० भन्दा बढी जनशक्ति जिल्लामा परिचालन

निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरीका १,६०० भन्दा बढी जनशक्ति जिल्लामा परिचालन

काठमाडौँ, ८ फागुन : सशस्त्र प्रहरी बल, नेपालले निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दा बढी जनशक्ति जिल्लाहरूमा परिचालन गरेको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लातर्फ फौज पठाइएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन क्षेत्रमा उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिनुभएको छ। ‘भर्चुअल’ माध्यममार्फत उहाँले सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानकै रूपमा लिएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभएको हो। निर्वाचनको निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरण सुनिश्चित गर्न सशस्त्र प्रहरी बलले रणनीतिक रूपमा जनशक्ति परिचालन गरिएको जनाएको छ।

Tokha