एमालेको चुनावी घोषणापत्र सार्वजनिक

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ, ७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै पार्टीको लक्ष्य निर्धारण तथा प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो। एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली: राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ भन्ने नारासहित पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ। विगतमा पार्टी सरकारमा हुँदा थालिएका र पूरा गर्न नपाएका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ। घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत काम र २५ सङ्कल्प सार्वजनिक गरिएको छ। अध्यक्ष ओलीले “भत्काउने र जलाउने नभई बनाउने सङ्कल्पका साथ एमालेले विगतका अनुभव र अभ्यासका कारण मुलुकको मुहार फेर्ने कामको अगुवाइ गर्नेछ” भनी दाबी गर्नुभयो। उहाँले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहेको स्पष्ट गर्दै आफूहरु कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित नहुने पनि बताउनुभयो।

Tokha