भक्तजन र प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

भक्तजन र प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

काठमाडौँ, ६ फागुनः महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजन र प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौँ महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, पक्राउ परेका युवकविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ। युवाको शिवरात्रिको दिन मन्दिरमा भक्तजनसँग अभद्र व्यवहार तथा प्रहरीले हस्तक्षेप गर्दा कुटपिट गरेको घटनाको भिडियो सार्वजनिक भएको थियो।

Tokha