काठमाडौँ, ५ फागुन : स्थानीय बजारमा आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। सोमबारको तुलनामा आज सुन प्रतितोला रु ९०० ले घटेको छ भने चाँदी प्रतितोला रु २५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ९०० निर्धारण गरिएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ८८५ पुगेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख २ हजार ८०० र चाँदी रु ४ हजार ८६० मा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार बजार खुल्दा सुन प्रतितोला रु ३ लाख ५ हजार ८०० र चाँदी रु ४ हजार ९८५ मा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उतार–चढावमा रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस ४ हजार ९७० अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ८० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।