सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार फेरि उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ६० रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ५ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tokha