काठमाडौं । पछिल्ला केही दिनयता लगातार ओरालो लागेको सुनचाँदीको मूल्यमा शुक्रबार भने सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यमा प्रतितोला २ हजार ९ सयले वृद्धि भएको छ ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० निर्धारण गरेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५९ हजार ६०० मा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । बिहीबार प्रतितोला ४ हजार ४१५ मा कारोबार भएको चाँदी आज ११० ले बढेर ४ हजार ५२५ कायम भएको छ ।
नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारणको मुख्य आधार मानिने अन्तर्राष्ट्रिय बजारमा पनि आज मूल्य बढेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ४,३७२ अमेरिकी डलर र प्रतिऔँस चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

































