सुनको मूल्य एकैदिन ३ हजार ५ सयले बढ्यो, प्रतितोला २ लाख ५६ हजार ६०० पुग्यो

सुनको मूल्य एकैदिन ३ हजार ५ सयले बढ्यो, प्रतितोला २ लाख ५६ हजार ६०० पुग्यो

काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य १ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ९०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८०५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

Tokha