एनपीएल फाइनलमा लुम्बिनी लायन्सको ऐतिहासिक प्रवेश, विराटनगर ४० रनले पराजित

एनपीएल फाइनलमा लुम्बिनी लायन्सको ऐतिहासिक प्रवेश, विराटनगर ४० रनले पराजित

काठमाडौं । लुम्बिनी लायन्सले पहिलोपटक सिद्धार्थ बैंक एनपीएलको फाइनलमा स्थान बनाएपछि ऐतिहासिक सफलता हात पारेको छ। दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो । अब लुम्बिनी उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

१३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमै ९४ रनमा अलआउट भयो । साम हिजलेटले ३४ रन जोडे पनि अन्य ब्याटर टिक्न सकेनन् । लुम्बिनीका तिलक भण्डारीले ३ विकेट, ट्रम्पलम्यान र अभिशेषले २-२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १३४ रन बनाएको थियो। डार्शी सर्टले ४५ रन र कप्तान रोहित पौडेलले ३४ रन जोडे। विराटनगरका सुभाष भण्डारी र प्रतिश जिसीले ३-३ विकेट लिएका थिए।

लगातार राम्रो प्रदर्शन गर्दै लुम्बिनी पहिलोपटक उपाधि नजिक पुगेको हो ।

Tokha