काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार हितेन्द्रदेव शाक्य पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फर्किएका छन् । बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा उनले कार्यभार सम्हालेका हुन् ।
सर्वोच्चले शाक्यलाई पदबाट हटाउने तत्कालीन मन्त्रिपरिषदको निर्णय पूर्वाग्रही, प्रतिशोधपूर्ण र कानूनविपरीत भएको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो ।
अघिल्लो सरकारले उनलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको निर्णय पनि अदालतले असंवैधानिक ठहर गरेको छ । अब शाक्य आफ्नो कार्यकालभरि प्राधिकरणमा कार्यरत रहने छन् ।
































