कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित

कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा मंगलबार सम्पन्न खेलमा कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनका लागि रवि बोपाराले ३६ बलमा ३ चौका र ३ छक्का सहित ५२ रनको अर्धशतकीय पारी खेले । सेफ जैबले ३८ रनको योगदान दिए भने ओपनर दीपक बोहराले ४२ रन बनाएका थिए । अर्का ओपनर डेविड मलान भने ६ रनमै आउट भए । देव खनाल २ रनमा रनआउट भए भने कप्तान कुशल मल्लले २० रन जोडे ।

कर्णालीको ओरबाट कप्तान सोम्पाल कामीले दुई विकेट लिए भने युनिश सिंह र युवराज खत्रीले समान रूपमा एक–एक विकेट लिए।

कर्णालीले डेब्यू खेलाडी प्रियांक पञ्चालको ४८ बलमा ९० रनको शानदार प्रदर्शनमा १६७ रनको लक्ष्य तय गरेको थियो । उनले म्याक्स ओ’डाउडसँग ६१ रनको साझेदारी गरे।

चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवि बोपाराले समान रूपमा एक-एक विकेट लिए ।

Tokha