काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो खेलमा कर्णाली याक्सले ३ विकेट गुमाएर १६६ रन र बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवन राइनोजले टस जितेर बलिङ रोजेपछि कर्णालीले ब्याटिङको निम्तो पाएको हो।
डेब्यू खेलमा ओपनर प्रियांक पञ्चालले शानदार प्रदर्शन गर्दै ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रन बनाएका छन् । पञ्चाल र म्याक्स ओ’डाउडको ओपनिङ साझेदारी ६१ रनको रह्यो, जसमा ओ’डाउडले ३० बलमा २० रन जोडे। पावर प्लेमा कर्णालीले ५१ रन जोड्यो ।
अर्का खेलाडी मार्क वाटले २० रन थपे भने पवन सरार्फले १६ बलमा २७ रन बनाए ।
चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवि बोपाराले समान रूपमा एक-एक विकेट लिए ।

































