तीन महिनामा विदेश अध्ययनका लागि नेपाली युवाले खर्चे करिब ४३ अर्ब, भ्रमण खर्च १६.४ प्रतिशतले बढ्यो

तीन महिनामा विदेश अध्ययनका लागि नेपाली युवाले खर्चे करिब ४३ अर्ब, भ्रमण खर्च १६.४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म विदेश अध्ययनका लागि नेपाली युवाहरूले करिब ४३ अर्ब रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार, सेवा खाताभित्रको कुल भ्रमण खर्च १६.४ प्रतिशतले बढेर ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो ।

यसमा सबैभन्दा ठूलो हिस्सा शिक्षा क्षेत्रमा भएको छ, जसको रकम ४२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको ३२ अर्ब २२ करोडभन्दा बढी हो ।

समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँ घाटामा देखिएको छ, जबकि गत वर्ष सोही अवधिमा यो २३ अर्ब १ करोड रुपैयाँ घाटामा थियो ।

त्यस्तै, सेवा खाताभित्र भ्रमण आय ८।१ प्रतिशतले बढेर १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, गत वर्षको १७ अर्ब ७६ करोडको तुलनामा उल्लेखनीय वृद्धि देखिएको छ ।

Tokha