चीनले २०३० भित्र कार्बन उत्सर्जन लक्ष्य साकार पार्न विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास

चीनले २०३० भित्र कार्बन उत्सर्जन लक्ष्य साकार पार्न विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास

काठमाडौं । चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको छ । आफ्नो १४ औँ पञ्चवर्षीय योजना (२०२१-२०२५) अवधिमा चीनले उक्त प्रणाली विकास गरेको हो ।

१५ औँ पञ्चवर्षीय योजनाको तयारीसँगै चीनले पछिल्ला पाँच वर्षमा स्वच्छ ऊर्जा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको हो । चीनले यसअघि सन् २०३० भित्र आफ्नो मुलुकलाई कार्बन उत्सर्जनको सर्वोच्च बिन्दुमा पुर्‍याउने र २०६० भित्र कार्बन निष्पक्षता (कार्बन न्युट्रालिटी) प्राप्त गर्ने लक्ष्य घोषणा गरेको थियो ।

त्यसपछि चीनले उक्त लक्ष्यलाई साकार पार्न अनेकौं महत्वाकांक्षी परियोजनाहरू अघि बढाएको छ । खासगरी याङ्त्से नदीको मुख्य धारमा छ वटा ठूला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिएको छ ।

त्यसैगरी, चीनको विशाल दक्षिण-पश्चिम तथा पश्चिमी भूभागमा सात वटा ठूलो स्तरका स्वच्छ ऊर्जा परियोजना सञ्चालनमा ल्याइएका छन् । यी स्थानमा उत्पादित ऊर्जा जनसंख्या घना रहेका पूर्वी तटीय क्षेत्रसम्म पुर्‍याउन अल्ट्रा-हाई भोल्टेज प्रसारण लाइन निर्माण गरिएको छ ।

ऊर्जा भण्डारणका लागि चीनले गुरुत्वाकर्षण आधारित ऊर्जा भण्डारण तथा वायु ऊर्जा भण्डारण जस्ता अत्याधुनिक प्रविधिको उपयोग गरेको छ, जसले नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोगमा मद्दत गरेको छ ।

आगामी १५ औँ पञ्च वर्षीय योजना अवधिमा पनि चीनले आर्थिक आधुनिकीकरण र वातावरणीय संरक्षणलाई सन्तुलनमा राख्दै नवीकरणीय ऊर्जा विकासलाई अझ तीव्र गतिमा अघि बढाउने संकेत गरेको छ ।

Tokha