काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) शुक्रबारको खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कर्णालीका कप्तान सोमपाल कामीले विराटनगर किंग्सलाई बलिङको निम्तो दिएका छन् ।
कर्णालीले आफ्नो टोलीमा एक परिवर्तन गर्दै दीपक डुम्रेलाई पहिलो रोजाइमा खेलाएको छ । विराटनगरले तीन खेलाडी बदल्दै साहिल पटेल, सुवाश भण्डारी र शेहान जयासूर्यलाई मैदानमा उतारेको छ ।
तालिकाअनुसार विराटनगर किंग्स ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा छ भने कर्णाली याक्स ३ खेलमा १ जितसहित पाँचौं स्थानमा रहेको छ।

































