काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्ञ्जर्सले पहिले बलिङ गर्ने भएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखरा एभेन्ञ्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर सुरुमा बलिङ रोजेपछि सुदूरपच्छिम रोयलसले पहिला ब्याटिङ गर्ने भएको हो ।
सुदूरपच्छिम रोयलसले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो भने पोखरा एभेन्ञ्जर्स भने विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो ।

































