काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला ७०० रूपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा पुगेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रूपैयाँले बढेर २८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार गत शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० र चाँदी २७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । पछिल्ला केही सातादेखि सुन-चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।

































