चीन-अमेरिका बीच टिकटक विवाद समाधानका लागि प्रारम्भिक सहमति

चीन-अमेरिका बीच टिकटक विवाद समाधानका लागि प्रारम्भिक सहमति

काठमाडौं । चीन र अमेरिकाबीच टिकटकसम्बन्धी विवाद समाधानका लागि सहकार्यमार्फत अघि बढ्ने प्रारम्भिक रूपरेखामा सहमति भएको छ ।

चीनका वाणिज्य मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि तथा उपमन्त्री ली चेंगगाङले यस्तो जानकारी दिएका हुन् ।

स्पेनको म्याड्रिडमा सम्पन्न चीन-अमेरिका आर्थिक तथा व्यापारिक वार्ताका क्रममा दुई पक्षबीच टिकटकसहित अन्य विषयमा खुला एवम गहिरो छलफल भएको र त्यस क्रममा लगानी अवरोध घटाउने तथा पारस्परिक व्यापार-आर्थिक सहयोग प्रवद्र्धन गर्ने सहमति समेत भएको बताइएको छ ।

यसबारे सोधिएको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन-अमेरिका सम्बन्धको विकासमा राष्ट्रप्रमुख तहको कूटनीतिले रणनीतिक मार्गनिर्देशन दिने अपरिहार्य भूमिका खेल्छ ।’

उनले टिकटकसम्बन्धी विशिष्ट जानकारी भने सम्बद्ध निकायले सार्वजनिक गरिसकेको भन्दै थप विवरण नदिने बताए । विश्लेषकहरूले यो सहमतिको प्रारम्भिक रूपरेखालाई दुई मुलुकबीच हाल बिग्रँदै गएको सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरेका छन् ।

Tokha