सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । लगातार तीन दिनदेखि सेयर बजार घटेको छ। बुधबार १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा पुगेको नेप्से बिहीबार पनि ६.५५ घटेर २७१९.७७ अंकमा झरेको हो । मंगलबार नेप्से १९.८९ अंकले घटेको थियो ।

, कारोबार रकममा भने सुधार देखिएको छ। बुधबार ४ अर्ब ७२ करोडको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ। आज कुल ८५ कम्पनीको मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ।

सेन्सेटिभ इन्डेक्स १.११ अंकले, फ्लोट इन्डेक्स ०.४७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ अंकले घटेको छ । हिमस्टार उर्जा कम्पनीको  सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

समूहगत सूचकमा बैंकिङ ०.३१, विकास बैंक ०.३८, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.६५, लगानी ०.३१, जीवन बिमा ०.३९, माइक्रोफाइनान्स ०.१५, उत्पादन तथा प्रशोधन ०.१९, निर्जीवन बीमा ०.१० र अन्य समूह ०.५० प्रतिशतले घटेका छन् ।

आज कारोबारमा सबैभन्दा धेरै मूल्य बढेको कम्पनी हिमस्टार उर्जा १०, विन्ध्यबासिनी हाइड्रोपावर ६.०७, माथिल्लो मैलुङखोला जलविद्युत ६.०५ र उपकार लघुवित्त ५.०९ रहेका छन् । मूल्य घटेको बाराही हाइड्रोपावर ३.८३, पिपुल्स पावर ३.४५ र दिव्यश्वरी हाइड्रोपावर ३.४५ रहेका छन्।

सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरू युनियन हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रो, नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टीलरी रहेका छन्।

आजको बजार अन्तिम ४० मिनेटमा सम्हालिँदै केही उकालो आएको भए पनि नेप्से रातोमा बन्द भएको छ।

Tokha