सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाल आजबाट बन्द गर्ने निर्णय गरेको छ । मन्त्री पृथ्वीसुब्बा गुरुङसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भदौ ९ गते नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो। निर्देशन बेवास्ता भएपछि मन्त्रालयले आजबाट बन्द गर्ने प्रक्रिया सुरु गरेको हो ।

हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन्। बाँकी सबै प्लेटफर्म सूचीकरण नहुँदा बन्द हुनेछन् ।

नेपालमा सामाजिक सञ्जाललाई व्यवस्थित गर्न २०८० सालमा निर्देशिका तयार पारिएको थियो, जसअनुसार सबै प्लेटफर्मले तीन महिनाभित्र दर्ता गरी अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ ।

Tokha