सुन-चाँदीको भाउले दिन दिनै रेकर्ड तोडदै, प्रतितोला २ लाख ५ हजार नाघ्यो

सुन-चाँदीको भाउले दिन दिनै रेकर्ड तोडदै, प्रतितोला २ लाख ५ हजार नाघ्यो

काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दै जाँदा दैनिक रेकर्ड कायम हुन थालेको छ ।

गत शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजारले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यी दुवै दिन सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको थियो ।

आज सोमबार पनि सुनको मूल्यमा २ हजार रुपैयाँको थप वृद्धि भई प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि उच्च विन्दुमा पुगेको छ । आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँ रहेको चाँदी सोमबार ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ ।

Tokha