एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने घोषणा गरेको छ । यस पटकको एनपीएल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हुनेछ।

यस संस्करणमा पनि आठ टोलीले सहभागिता जनाउने छन् । टोलीहरूले हालसम्म ११-११ जना नेपाली खेलाडी अनुबन्ध गरिसकेका छन् भने अब विदेशी खेलाडी अनुबन्ध प्रक्रिया अघि बढाइनेछ ।

त्रिवि मैदानमा प्यारापिट र फ्लड लाइट जडान गर्ने काम भइरहेको छ । क्यानले सो कार्य एनपीएल सुरु हुनु अघि पूरा हुने विश्वास व्यक्त गरेको छ।

 

 

Tokha