काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ बिन्दुमा कायम भएको छ । आज परिसूचक ०.९२ प्रतिशतले घटेको हो ।
आज ३२३ कम्पनीको एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ७८ हजार २२६ पटक खरिदबिक्री हुँदा ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ बराबरको कारोबार भएको हो ।
होटल तथा पर्यटन समूह १.३२ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.९४, विकास बैंक ०.७६, वित्त १.५३, जलविद्युत १.२६, लगानी ०.६६, जीवन बिमा १.०६ र उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतले घटेको छ ।
लघुवित्त १.४९, म्युचुअल फन्ड ०.२४, निर्जीवन बिमा ०.८१, व्यापार ०.८६ र अन्य समूह ०.६२ प्रतिशतले घटेको छ ।
सिटी होटल लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट लाग्दा सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २६ करोड ७७ लाख ५५ हजार २९३ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको ६ लाख ६ हजार ३१७ कित्ता शेयर किनबेच भएको छ ।

































