काठमाडौं। नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको तथ्यांकअनुसार बुधबारको तुलनामा सुनको मूल्यमा गिरावट आएको हो ।
महासंघका अनुसार, बुधबार प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार २४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि बिहीबार गिरावट आएको छ । बुधबार प्रतितोला २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँ घटेर बिहीबार २ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यमा परिवर्तन आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३ सय ८१ अमेरिकी डलर पुगेको छ भने चाँदी प्रतिऔंस ३ हजार ९ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

































