सेयर बजारमा ८० अंकको कीर्तिमानी उछाल, कारोबार २० अर्ब नाघ्यो

सेयर बजारमा ८० अंकको कीर्तिमानी उछाल, कारोबार २० अर्ब नाघ्यो

काठमाडौं । सेयर बजारमा मंगलबार ८० अंकको उछाल आएको छ । नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० अंकमा पुगेको हो ।

नेप्से सोमबार पनि २१.७६ अंकले बढेको थियो । आज सबै समूहमा हरियाली छाएको छ । आज बैंक २.१०, विकास बैंक २.२६, होटल तथा पर्यटन ३.४४, लगानी ३.२४, जीवन बिमा ४.३६, उत्पादनमूलक ४.६३, लघुवित्त ४.०७, निर्जीवन बिमा २.५६ र अन्य समूह ३.२६ प्रतिशतले बढेको छ । बाँकी समूहहरु २ प्रतिशतभन्दा कम बढेका छन् ।

आज २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ वटाको घटेको छ । आज कारोबार रकममा पनि उत्साह आएको छ । आज ३१९ कम्पनीको २० अर्ब ८ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

कुल बजार पुँजीकरण आज ५० खर्ब रुपैयाँनजिक पुगेको छ । बजार पुँजीकरण आज ४९ खर्ब ६२ अर्ब १२ करोड रुपैयाँ पुगेको हो ।

Tokha