हुम्लाका १ हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

हुम्लाका १ हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

हुम्ला । चिसोबाट विद्यार्थीलाई जोगाउन सिमकोट गाउँपालिकाका १२ वटा सामुदायिक विद्यालयका १ हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

वार्म नेस्ट फाउन्डेसन, कर्मफ्लाइट्स फाउन्डेसन र सिमकोट गाउँपालिकाको सहकार्यमा विद्यार्थीलाई ज्याकेट, मोजा र जुत्ता उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले जानकारी दिए।

कार्यक्रमका लागि वार्म नेस्ट फाउन्डेसनले २५ लाख र गाउँपालिकाले ५ लाख रुपैयाँ खर्च गरेका छन्। कुल ३० लाख रुपैयाँको लागतमा नेपाली उद्योगमा उत्पादित न्यानो कपडा वितरण गरिएको हो।

तापक्रम माइनसमा झरेसँगै बालबालिकाको स्वास्थ्य सुरक्षा, नियमित विद्यालय उपस्थिति र पठनपाठनमा सहजता ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

Tokha